वरिष्ठ मूर्तिकार कालु कुमालेलाई पत्नीशोक

ललितपुर । वरिष्ठ क्रोधमूर्तिकार कालु कुमालेलाई पत्नीशोक परेको छ । कुमालेकी ८६ वर्षीय पत्नी लक्ष्मीमायाको बुधबार बिहान ९.१० बजे धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि दम र सुगरबाट पीडित लक्ष्मीमायाको बुधबार बालकुमारीघाटमा दाहसंस्कार गरिएको छ । कालु कुमाले नेपाली परम्परागत मूर्तिकलाका क्षेत्रमा सात दशकदेखि क्रियाशील छन् । लक्ष्मीमायाका ६ छोरा र २ छोरीमध्ये एक छोराको यसअघि नै निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here